वेबटिभी खबर
काठमाडौं । सिटिइभिटीका कर्मचारी सवार गाडी सुनकोसी नदीमा खसेर तीन जना बेपत्ता भएपछि सशस्त्रको गोताखोर टोली खोजीका लागि परिचालन भएको छ । सिन्धुलीको गोलाञ्जोर गाउँपालिका–७ स्थित सुनकोशी नदीमा बिहीबार जीप खसेको थियो ।
नदीमा खसेको बा १ झ ७४६७ नम्बरको जीपबाट एक जना भने सकुशल निस्केका छन् । अत्य तीन जनाको अवस्था अज्ञात छ ।
गाडी नदीमा खसेसँगै बेपत्ता भएका व्यक्तिको उद्धार र खोजीका लागि सशस्त्र प्रहरीको गोटाखोर टोली परिचालन भएको हो । सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले उद्धार र खोजीका लागि विभिन्न युनिटबाट २९ जना तालिम प्राप्त टाेली खटिएको जानकारी दिए ।
सशस्त्र प्रहरी बल, आश्रित गुल्म सिन्धुलीबाट निरीक्षकको कमाण्डमा १३ जना, सशस्त्र प्रहरी बलको रामेछाप गुल्मबाट सशस्त्र प्रहरी नायब निरीक्षककाे कमान्डमा ९ जना र काठमाडौ सिनामंगलस्थित सशस्त्र प्रहरी बलको २० नम्बर विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमान्डमा ७ जना गोताखोर टोली उद्धारका लागि खटिएको हो ।
गोताखोर तालिम प्राप्त जनशक्ति सशस्त्र प्रहरीले तयार गरेकाले नदीमा दुर्घटना हुँदा उद्धारका लागि सफल हुँदै आएको छ ।
सुनकोशी नदीमा जीप खस्दा तीन जना बेपत्ता
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij