Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

ट्रयाक खुलेको १६ वर्षपछि कालोपत्रको काम सुरु

ट्रयाक खुलेको १६ वर्षपछि कालोपत्रको काम सुरु

  • 246
    SHARES
  • ट्रयाक खुलेको १६ वर्षपछि कालोपत्रको काम सुरु

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले-भगवती सडकखण्डमा सडकको ट्रयाक खुलेको १६ वर्षपछि कालोपत्रको काम सुरु भएको छ ।

    रघुगंगा-३ पिप्ले, वडा नं २ भगवती र वडा नं १ बेगलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने गरी २०६४ सालमा गलेश्वरदेखि पिप्ले हुँदै भगवतीसम्मको सडकको ट्रयाक निर्माण गरिएको थियो ।

    गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र-१ नमूना सडक कार्यक्रम’अन्तर्गत २०७६ देखि गलेश्वर-पिप्ले-भगवती-बेगखोला सडक कालोपत्र योजना अघि बढे पनि प्राकृतिक प्रकोप, कोरोना महामारी, निर्माण व्यवसायीको ढिलासुस्तीलगायतका कारण ढिला गरी कालोपत्र हुन लागेको हो ।

    आयोजनाअन्तर्गत रघुगंगाको वडा नं-३ पिप्ले स्कुलचोकदेखि वडा नं-२ को भगवती मैदानसम्मको चार दशमलव चार किलोमिटर सडकमा कालोपत्रको काम अघि बढेको पूर्वाधार विकास कार्यालयका अधिकृत अर्जुन शर्माले जानकारी दिए ।

    कार्यक्षेत्रमा परिचालित निर्माण कम्पनी एपेक्स-खड्का कृष्ण जेभीले कालोपत्र गर्नका लागि बेस र सबवेसको काम सकेर प्राइमकोट विछ्याउन थालेको छ । जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर सवारी साधन आगमनलाई सार्वजनिक सूचनामार्फत रोकेर कालोपत्रको कामलाई अघि बढाएको निर्माण कम्पनीले जनाएको छ ।

    मोटो चिप्स र मसिनो चिप्स राखेर ट्रयाककोर्ट गरेपछि केही दिन सवारीसाधन आवातजावात गरे प्रश्चात डिविएसडी प्रविधिको कालोपत्र गरिने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

    निर्माण व्यवसायीको लापरबाहीले चार वर्षदेखि थलिएको यस सडकमा निर्माण कम्पनीले ११ करोड १४ लाख ९० हजार भुक्तानी लगिसकेको छ । २०७६ देखि सुरु भएको आयोजनाको एपेक्स-खड्का कृष्ण जेभीले १८ करोड ४९ लाख आठ सय ३८ मा ठेक्का सम्झौता गरेको थियो ।

    यो सडक स्तरोन्नति भएपछि पिप्ले, भगवती र बेगखोलाका तीन हजारभन्दा बढी घरधुरी लाभान्वित हुने छन । सदरमुकाम बेनीदेखि गलेश्वर, पिप्ले र भगवती हुँदै बेग सडक कालोपत्र भएमा रघुगंगावासीलाई आवातजावतमा सहज, कृषिउपज निकासी, खाद्यान्नलगायत दैनिक उपभोग्य सामान ढुवानीका साथै बिरामीलाई समयमै अस्पताल पुर्‍याउन सकिने वडा नं-२ का वडाध्यक्ष अमृत भण्डारीले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij