वेबटिभी खबर
जनकपुर । जनता समाजवादी पार्टीका नेता एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरिया बुधबार गृहजिल्ला धनुषा पुग्दा स्थानीयले भव्य स्वागत गरेका छन् ।
सरकारमा जाने विषयमा जनता समाजवादी पार्टीभित्र दुई धार देखिए पनि अरगरिया मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला पुग्दा भने स्थानीय खुशी हुँदै स्वागतमा उत्रेका थिए ।
अरगरियाले जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने निर्णय गरेर कार्यभार सम्हालेकाले पनि धनुषाबासी थप खुशी भएका हुन् । उनले जिल्लाको उन्नतीका लागि खेल्दै आएको सकारात्मक भूमिकाको स्थानीयले प्रशंसा गरे ।
अररियाले कोरोना महामारीसँग जुध्न आवश्यक पर्ने भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर र आइसियूमा चाहिने उपकरणहरु आफ्नै पहलमा जनकपुर प्रादेशिक अस्पताललाई हस्तान्तरण गर्ने कार्यक्रम छ । बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिने बताइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij