Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

भरतपुर महानगरपालिकाले मनायो धान दिवस

भरतपुर महानगरपालिकाले मनायो धान दिवस

  • 293
    SHARES
  • भरतपुर महानगरपालिकाले मनायो धान दिवस

    चितवन । भरतपुर महानगरपालिकाले राष्ट्रिय धान दिवस मनाएको छ । महानगरको कृषि तथा पशुपक्षी महाशाखाको आयोजनामा भरतपुर महानगरपालिका-९ स्थित त्रिपुरेश्वर कृषि सहकारीको जग्गामा धान रोपाइँ महोत्सव गरिएको हो ।

    सो अवसरमा महानगर प्रमुख रेनु दाहालले उपकरणबाट धान रोपेकी थिइन् । त्यसअघि प्रमुख दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले धानलाई पूजाआजा गरेर विधिवत्रुपमा रोपाइँको सुरुआत गरेका थिए ।

    भरतपुर भ्रमण वर्ष २०२४ को प्रचारात्मक अभियानसँगै धान दिवस मनाइएको हो । सोही अवसरमा जनप्रतिनिधि र स्थानीय युवाको हिले दौडसमेत गरिएको छ । रोपाइँ कार्यक्रममा महानगरपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थी तथा पर्यटन क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

    धान रोपाइँ गर्नुअघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महानगरप्रमुख दाहालले कृषि क्षेत्रको विकासका लागि आफू प्रमुख भएदेखि काम गरिरहेको बताइन् । सिँचाइ नपुगेका ठाउँमा सिञ्चित गर्ने, कृषि उपकरण अनुदानमा वितरण गर्ने, दूध, मल र बीउमा अनुदान दिनेलगायत काम भएको उनको भनाइ छ ।

    दाहालले भनिन्, ‘कृषि क्षेत्रमा उत्पादन बढाउनका लागि भरतपुर महानगपालिकाले कृषकलाई बीउ, उपकरणलगायत सामग्रीमा सहयोग गरिरहेको छ ।’ कृषि क्षेत्रको विकासका लागि थप योजना गरिने उनले बताइन् ।

    उपप्रमुख अधिकारीले भरतपुरको सहरी क्षेत्रबाहेकका ग्रामीण क्षेत्रभित्र पहिले सिँचाइको अभावमा कृषिजन्य उत्पादन सन्तोषजनक नहुने गरेको भन्दै अहिले सुख्खा टाँडी हराभरा बनेको बताए ।

    उपप्रमुख अधिकारीले भने, ‘अबको केही वर्षभित्रमै हिउँदमा सबैतिर सिँचाइ पुर्‍याउने गरी महानगरले काम गरिरहेको छ ।’ कार्यक्रममा वडा नं-९ का वडाध्यक्ष यमलाल कँडेल, वडा नं-८ का वडाध्यक्ष जीवनाथ कँडेललगायतको सहभागिता थियो ।

    कार्यक्रममा २०२४ लाई ‘भ्रमण वर्ष’कारूपमा मनाउन प्रचारात्मक अभियानमा लाग्ने जोड दिइएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij