वेबटिभी खबर
काठमाडौं । गैरआवासीय नेपाली संघको ८औँ मध्यपूर्व क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ ।
‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मूल नारासहित गत जुन २८-३० गतेसम्मगैरआवासीय नेपाली संघको ८औँ मध्यपूर्व क्षेत्रीय सम्मेलन १७ बुँदे घोषणपत्र जारी गर्दै ओमानको राजधानी मस्कटमा सम्पन्न भएको हो ।
सम्मेलनको प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री माननीय पूर्णबहादुर खड्का, विशेष अतिथिहरूमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शरतसिंह भण्डारी, पूर्वउपप्रधानमन्त्री रघुवीर महाशेठ, पूर्वमन्त्री तथा माननीय जनार्दन शर्मा, पूर्वमन्त्री तथा माननीय कृष्णकुमार श्रेष्ठ, बहराईन, ओमान, कतार, साउदी अरबका राजदुतहरू, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारीहरूसहित करिब २५० जनाको उपस्थितिमा सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनमा सुरक्षीत र मर्यादीत वैदेशिक रोजगार, सामाजिक न्यायको लागि सामाजिक सुरक्षाको सुनिश्चिता, सामुहिक लगानी, एनआरएनको संस्थागत विकास लगायतका सवालमा छलफल गरी १७ बुँदे ‘मस्कट घोषणापत्र-२०२३’ जारी गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij