Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

जलवायु परिवर्तन साँच्चिकै डरलाग्दो 

जलवायु परिवर्तन साँच्चिकै डरलाग्दो 

  • 532
    SHARES
  • जलवायु परिवर्तन साँच्चिकै डरलाग्दो 

    जेनेभा । जलवायु परिवर्तनले भोकमरी र पीडायुक्त ‘साँच्चिकै डरलाग्दो’ भविष्य निम्त्याउने खतरा रहेको संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुखले चेतावनी दिएका छन् । प्रमुख भोल्कर तुर्कले सोमबार जलवायु सङ्कटसँग जुझ्दा छोटो अवधिका लागि मात्र सोच्ने विश्वका नेताहरूको आलोचना पनि गरे । 

    तुर्कले खाद्य अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को बहसमा भने, ‘चरम मौसमी घटनाहरूले बालीनाली, वन्यजन्तु र पारिस्थितिकीय प्रणालीलाई नष्ट पारिरहेको छ । यसले गर्दा समुदायहरूको उत्थान र सहयोगका लागि काम गर्न कठिन बन्दै गएको छ । सन् २०२१ मा ८२ करोड ८० लाखभन्दा बढी मानिसले खाद्यान्न असुरक्षा र अभावको सामना गरिरहेकोमा जलवायु परिवर्तनले यस शताब्दीको मध्यसम्ममा थप आठ करोड मानिस भोकमरीको जोखिममा पर्ने अनुमान गरिएको छ ।’

    उनले थप भनेका छन्, ‘मानव जीवन थप कष्टकर बन्ने वातावरणको सिर्जना भएको छ । हाम्रो वातावरण जलिरहेको छ । यो पग्लिरहेको छ । बाढी आएको छ । उत्पादनहरू घट्दै गएको छ । वातावरण सुख्खा बनिरहेको छ ।’

    जलवायु परिवर्तनलाई सम्बोधन गर्नु मानव अधिकारको मुद्दा भएको र जलवायु परिवर्तनबाट आउने जटिल सङ्कट टार्न अझै पनि काम गर्न समय बाँकी रहेको र त्यो समय अहिले नै भएकोले ढिला गर्न नहुने उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij