Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

बाढी र पहिरोपीडितलाई राहत दिने र प्राकृतिक विपत्ति न्युनीकरणका लागि विज्ञ टोली बनाउने नेपाल पक्षको निर्णय

बाढी र पहिरोपीडितलाई राहत दिने र प्राकृतिक विपत्ति न्युनीकरणका लागि विज्ञ टोली बनाउने नेपाल पक्षको निर्णय

  • 757
    SHARES
  • बाढी र पहिरोपीडितलाई राहत दिने र प्राकृतिक विपत्ति न्युनीकरणका लागि विज्ञ टोली बनाउने नेपाल पक्षको निर्णय

    काठमाडौं । नेकपा एमालेबाट निष्काशित वरिष्ठ नेता माधव नेपाल पक्षको स्थायी समितिको भर्चुअल बैठकले वर्षायाममा हुँदै आएको बाढी र पहिरोको क्षतिलाई कम गर्न विज्ञ टोली गठन गर्ने निर्णय गरेको छ ।

    बैठकले कार्यकर्तालाई बाढी र पहिरोले क्षति पुर्याएका राहत तथा उद्धारमा खटाउने निर्णय पनि गरेको छ । 

    बाढी पहिरोले आगामी दिनमा थप क्षति हुनसक्ने भएकाले दीर्घकालीन व्यवस्थापनका लागि विज्ञ टोली गठन गरेर उनीहरूबाट प्राप्त सुझाव कार्यान्वयन गराउन सरकारलाई आग्रह गरिने निर्णय गरेको छ । 

    बिहीबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा भए पनि एजेन्डा नै तोकेर राजनीतिक विषयमा छलफल नभएको स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij