Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

वाग्मती  सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

वाग्मती  सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

  • 528
    SHARES
  • वाग्मती  सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

    काठमाडाैं । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रदेशका राजनीतिक सल्लाहकार जगन्नाथ  थपलियाले ती सामग्री स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीलाई आज हस्तान्तरण गरेका हुन् । 

     सो अवसरमा थपलियाले कोरोना सङ्क्रमणको समयमा जिल्लामा आवश्यक परेमा थप स्वास्थ्य सामग्री उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, 'आम नागरिकलाई सङ्क्रमणबाट बचाउन आवश्यक सहयोगका लागि प्रदेश सरकार तयार छ ।'
     
    जिल्लामा सङ्क्रमणको उपचारमा सबैले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाइ थियो । तिवारीले प्राप्त सामग्री पालिकाहरुमा पठाइने जानकारी दिए  । कार्यालयमा भएका समस्याबारे समेत उनले थपलियालाई जानकारी गराएका थिए  ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij