Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बाग्मती प्रदेशका प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

बाग्मती प्रदेशका प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

  • 236
    SHARES
  • बाग्मती प्रदेशका प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

    हेटौंडा । बाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दुई विधेयक प्रमाणीकरण गरेका छन ।

    बाग्मती प्रदेश सभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन ।

    साथै उनले आव २०८०/८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

    दुवै विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शर्माले प्रमाणीकरण गरेका हुन।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij