Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

३० जना कार्यकारिणी सदस्यको हस्ताक्षरसहित यादव पक्षद्वारा पार्टी आधिकारिकताको दाबी पेश 

३० जना कार्यकारिणी सदस्यको हस्ताक्षरसहित यादव पक्षद्वारा पार्टी आधिकारिकताको दाबी पेश 

  • 1.1K
    SHARES
  • ३० जना कार्यकारिणी सदस्यको हस्ताक्षरसहित यादव पक्षद्वारा पार्टी आधिकारिकताको दाबी पेश 

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्षले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिकता दाबी गरेको छ ।

    अध्यक्ष यादवसहित संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरू आयोगमै पुगेर पार्टीको आधिकारिकता दाबी पेश गरेका हुन् । 

    दाबी पत्रमा यादव पक्षका ३० जना कार्यकारिणी सदस्यहरूले हस्ताक्षर गरेका छन्, सो पत्र आयोगमा दर्ता भएको छ । आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न अस्वीकार गरेपछि यादव पक्षले आधिकारिकता दाबी गरेको हो ।

    १८ जेठमा अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुरसहित चार नेतालाई कारबाही गरेका थिए, लगत्तै ठाकुरले यादवलाई कारबाही गर्दै पार्टीबाट निष्काशन गरेको पत्र निर्वाचन आयोगमा दर्ता गराएका थिए ।

    तर, आइतबार (३० जेठमा) आयोगले दुवै पक्षले गरेको कारबाहीलाई मान्यता दिन नसकिने निर्णय गरेपछि दुई अध्यक्षहरू जसपामा आफ्नो पक्षलाई आधिकारिक देखाउने संघर्षमा छन् । 

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij