Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सशस्त्र प्रहरीले एक वर्षमा एक अर्ब २६ करोड मूल्य बराबरको चोरी पैठारीको सामान बरामद गरि भंसार बुझायो

सशस्त्र प्रहरीले एक वर्षमा एक अर्ब २६ करोड मूल्य बराबरको चोरी पैठारीको सामान बरामद गरि भंसार बुझायो

  • 207
    SHARES
  • सशस्त्र प्रहरीले एक वर्षमा एक अर्ब २६ करोड मूल्य बराबरको चोरी पैठारीको सामान बरामद गरि भंसार बुझायो

    काठमाडौं । सशस्त्र प्रहरीले गत आर्थिक वर्षमा एक अर्ब २६ करोड भन्दा बढीको चोरी पैठारी भएको समान नियन्त्रणमा लिएर भंसारमा बुझाएको छ । चोरी पैठारी नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीले भंसार बुझाएको सामान अघिल्लो वर्षको तुलनामा गत वर्ष २७ प्रतिशत बढी हो । गत वर्ष सबैभन्दा बढी मधेस प्रदेशस्थित २ नम्बर छिन्नमस्ता गणले ६५ करोड ७० बराबरको सामान नियन्त्रणमा लिएको छ ।

    गत बर्षकाे साउनमा ९ करोड ७९ लाख ३ हजार ३ सय, भदौमा ११ करोड २५ लाख ११ हजार ७ सय २०, असोजमा ८ करोड ७४ लाख ९४ हजार ६ सय ८३, कार्तिकमा ६ करोड ९१ लाख ५८ हजार ५ सय ९ रुपैयाँ बराबरको बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । 

    त्यस्तै मंसीरमा ८ करोड ४८ लाख ५१ हजार ३ सय ५३, पुषमा १७ करोड ५८ लाख ५० हजार २ सय ८३, माघमा ८ करोड १९ लाख ९६ हजार ७ सय ५३, फागुनमा ८ करोड ७९ लाख ६० हजार १ सय ६५ रुपैयाँ बराबरको भन्सार दाखिला भएको थियो ।

    चैतमा ११ करोड १८ लाख ३० हजार २ सय ६२, बैशाखमा १३ करोड ८१ लाख ८९ हजार ९ सय ३१, जेठमा ११ करोड ४३ लाख ६४ हजार ६ सय १ र असारमा १० करोड, २३ लाख १२ हजार ७ सय ७७ रुपैयाँ बराबरको सामान भंसार दाखिला गरिएको हो ।

    गत आर्थिक वर्षमा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरूले उल्लेखित मूल्य बराबरको अवैध चोरीनिकासी बरामद, वन पैदावार, सुनचाँदी र अवैध रुपैयाँ बरामद गरी भन्सार दाखिला गरेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

    सो अवधिमा नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले २८ करोड ७३ लाख ४५ हजार ५ सय ९३ रुपैयाँ, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले ६५ करोड ७० लाख २६ हजार ६ सय ९५ रुपैयाँ, न ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरले १ करोड ९० लाख ९९ हजार ६ सय ६८ रुपैयाँ, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले २ लाख ८१ हजार ४ सय रुपैयाँ बरामद गरी भंसार दाखिला गरेको हो ।

    त्यस्तै नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रूपन्देहीले २२ करोड १६ लाख १५ हजार ७ सय ६६ रुपैयाँ र नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले ७ करोड ८३ लाख ४५ हजार २ सय ४८ रुपैयाँ भन्सार दाखिला गरेको खड्काले बताए । 
       
    प्रस्तावित सीमा सुरक्षा गुल्ममा सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्ड रहने व्यवस्था गरी समन्वयको पक्षलाई बढी प्रभावकारी बनाउनुको साथै सीमा क्षेत्रमा खटिएका सबै सरोकारवाला निकायहरूसँग सुमधुर सम्बन्धका साथ प्रभावकारी रुपमा समन्वय हुँदै आइरहेको खड्काले उल्लेख गरे ।

    सीमामा खटिने सशस्त्र प्रहरी कर्मचारीहरूको मनोबल बढाएर प्रभावकारी कार्य गर्नको लागि समय समयमा मुख्यालयबाट निरीक्षणसमेत भइरहेको खड्काको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij