Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

ट्राफिक प्रहरीद्वारा २१ प्रतिशत बढी राजस्व संकलन

ट्राफिक प्रहरीद्वारा २१ प्रतिशत बढी राजस्व संकलन

  • 211
    SHARES
  • ट्राफिक प्रहरीद्वारा २१ प्रतिशत बढी राजस्व संकलन

    पर्सा । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०७९/०८० मा अघिल्लो आर्थिक वर्षको तुलनामा २१ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

    ट्राफिक नियम उल्लंघन गरी चलाउने सवारी चालक तथा सवारीसाधनमाथि कारबाही गरी आव २०७९/०८० मा तीन करोड ४२ लाख ६५ हजार राजस्व संकलन गरेको हो ।

    यो अघिल्लो आव २०७८/७९ को तुलनामा २१ प्रतिशतले बढी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मणिराम थापाले जानकारी दिए ।

    अघिल्लो आव २०७८/०७९ मा सो कार्यालयले दुई करोड ८५ लाख २१ हजार पाँच सय राजस्व संकलन गरेको थियो । ट्राफिक जाँचमा गरिएको कडाइका कारण यस आव २०७९/८० मा राजस्व संकलनमा वृद्धि भएको प्रहरी निरीक्षक थापाको भनाइ छ । 

    यस्तै आव २०७९/८० मा पर्सा जिल्लामा भएको तीन सय ४७ सवारी दुर्घटनमा ३९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ९२ जना गम्भीर घाइते भएका छन् ।

    अघिल्लो आव २०७८/७९ मा दुई सय ६० सवारी दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको थियो ।  सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आव २०७९/८० मा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चार सय ४८ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा ६३ हजार दुई सय ३८ जनाको सहभागिता रहेको जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij