Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कांग्रेस बैठकको चौँथो दिन : केन्दीय सदस्यले धारणा राख्नेक्रम जारी

कांग्रेस बैठकको चौँथो दिन : केन्दीय सदस्यले धारणा राख्नेक्रम जारी

  • 266
    SHARES
  • कांग्रेस बैठकको चौँथो दिन : केन्दीय सदस्यले धारणा राख्नेक्रम जारी

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको आज चौथो दिन पनि केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी छ । मंगलबारदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले बुधबारदेखि आफ्नो धारणा राखिरहेका छन् ।

    बुधबार ४५ जना र बिहीबार ३५ जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए भने आज बाँकी सदस्यहरूले क्रमशः आफ्ना कुरा राख्ने कांग्रेसले जनाएको छ ।

    पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार प्रारम्भ बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी र अर्का महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएको छ ।

    बैठकमा विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, सांगठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन  विषयको कार्यसूचिमाथि छलफल भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij