वेबटिभी खबर
काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले देश बनाउन युवा जुट्नुपर्ने बताएका छन ।
२४औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज राष्ट्रिय युवा परिषद्द्वारा आयोजित कार्यक्रममा उनले देश बनाउने संकल्पका साथ युवा अगाडि बढ्नुपर्ने बताएका हुन ।
‘सबै मिलेर काम गर्ने हो भने देश बनाउन धेरै समय लाग्दैन’, मन्त्री लिम्बूले भने । देशलाई समृद्ध बनाउन युवा अगाडि बढ्नुपर्ने मन्त्री लिम्बूको भनाइ छ ।
‘जुन रुपमा हामी अगाडि बढेका छौँ । युवालाई चित्त बुझेको छैन । युवाले खोजेको कुरा प्राप्त भएको छैन । नीति परिमार्जन गरेर युवालाई अवसर दिन चाहन्छु’, मन्त्री लिम्बूले भने ।
युवालाई उद्यमशील बनाउनका लागि यो वर्षलाई सरकारले युवा उद्यमशिलता वर्ष मनाउन थालेको मन्त्री लिम्बूले जानकारी दिए । युवाले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रमा अग्रसर भएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij