Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

खेलकुदमन्त्री लिम्बुको स्वास्थ्यमा सुधार

खेलकुदमन्त्री लिम्बुको स्वास्थ्यमा सुधार

  • 207
    SHARES
  • खेलकुदमन्त्री लिम्बुको स्वास्थ्यमा सुधार

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको स्वास्थ्यमा सुधार आएको छ । शुक्रबार साँझ एक्कासी ज्वरो आएपछि शनिबार बिहान उपचारका लागि वीर अस्पतालमा भर्ना भएका खेलकुदमन्त्री लिम्बुको स्वास्थ्यमा सुधार आएको हो ।

    मन्त्री लिम्बुका स्वकीय सचिव रोशन विक्रम राईले ज्वरो आएसँगै डेंगु संक्रमण देखिएपछि उनी अस्पतालमा भर्ना भएको बताए । पछिल्लो समय मन्त्री लिम्बुको प्लेटलेट्सको मात्रा बढेको उनको भनाइ छ ।

    मन्त्री लिम्बु केहीदिन पहिले मोरङका विभिन्न डेंगु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौं फर्किएका थिए । वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बुलाई डा.ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij