Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

प्रचण्डले ‘राजा ठीक’ भनेप्रति रिजालको प्रतिक्रिया- समस्या व्यक्तिमा छ, व्यवस्थालाई दोष नदिऔं 

प्रचण्डले ‘राजा ठीक’ भनेप्रति रिजालको प्रतिक्रिया- समस्या व्यक्तिमा छ, व्यवस्थालाई दोष नदिऔं 

  • 1.3K
    SHARES
  • प्रचण्डले ‘राजा ठीक’ भनेप्रति रिजालको प्रतिक्रिया- समस्या व्यक्तिमा छ, व्यवस्थालाई दोष नदिऔं 

    काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को अभिव्यक्तिमाथि टिप्पणी गरेका छन् । बिहीबार नेपाली कांग्रेससहित विपक्षी गठबन्धनले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई राष्ट्रपतिले सरासर सदर गरेकाले राष्ट्रपतिलाई जनताले मन पराउन छोडेको बताएका थिए ।

    images

    ‘राष्ट्रपतिको अहिले न शान छ, न मान । राष्ट्रपतिलाई जनताले मन पराउन छोडिसके, योभन्दा त जनताले राजालाई धेरै मान गर्थे, राजाको शान थियो,’ बिहीबार प्रचण्डले भनेका छन् । एमाले विदेश विभाग उपप्रमुखसमेत रहेका रिजालले गणतन्त्रमा राष्ट्रपतिका कामको आलोचना गर्न पाइने स्वतन्त्रता रहेकाले नै प्रतिनिधिसभा विघटन गरेविरुद्ध अदालतमा मुद्दा चलिरहेको उल्लेख गरेका छन् । 

    राष्ट्रपतिको कदमको आलोचना गर्दा ऐतिहासिक जनआन्दोलन र ‘जनयुद्ध’ मा जनताले बगाएको रगतको अपमान नगर्न रिजालले प्रचण्डलाई सचेत गराएका छन् । हिजो राजतन्त्रविरुद्धमा ‘जनयुद्ध’को नेतृत्व गरेका प्रचण्डले बिहीबार दिएको अभिव्यक्तिले राजावादी र सामन्तवादी शक्तिले मुख मिठ्याउने हुँदा लोकतन्त्र र गणतन्त्रवादी शक्तिले यस्तो अभिव्यक्ति दिनु उचित नहुने रिजालको भनाइ छ । 

    ‘गणतन्त्रमा राष्ट्रपतिका कामको आलोचना गर्न पाइन्छ, अदालतमा मुद्दा पनि चलिरहेको छ । तर, त्यसरी आलोचना गर्दा ऐतिहासिक जनआन्दोलन र ‘जनयुद्ध’ मा जनताले बगाएको रगतको अपमान नहोस् र जनताबाट पराजित सामन्तवादी शक्तिले मुख नमिठ्याऊन् भन्ने ख्याल गर्नैपर्छ,’ रिजालले फेसबुकमा लेखेका छन्, ‘गल्ती हाम्रो छ, प्रश्न व्यवस्थामाथि नउठाऔं !’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology