वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । शुक्रबार आफूनिकट केन्द्रीय सदस्यहरूको बैठकमा पौडेलले सभापतिमा सहयोग गर्न आग्रह गरेका हुन् । ‘एकपटकका लागि कांग्रेसको नेतृत्व गर्ने इच्छा छ, त्यसका लागि तपाईंहरूले मलाई सहयोग गर्नुपर्यो,’ पौडेलले भने ।
पौडेलले आफूलाई देउवासँग नदाज्न आग्रह गर्दै आफू नेतृत्वका लागि टेष्ट नभइसकेका बताए । उनले भने, ‘मलाई शेरबहादुरजीसँग दाँजेर हेर्नु भएन । मैले न पार्टीको नेतृत्व गर्न पाएको छु, न सरकारको ।’
१४ औं महाधिवेशन नजिकिएसँगै नेतृत्वका कांग्रेस नेताहरू शेरबहादुर देउवा, बिमलेन्द्र निधि, कृष्ण सिटौला, डा.शशांक कोइराला, प्रकाशमान सिंह, डा.शेखर कोइरालाको दौडधुप सुरु भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij