Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

बुबा कोरोना संक्रमित हुँदाको अनुभूति [भिडियोसहित]

बुबा कोरोना संक्रमित हुँदाको अनुभूति [भिडियोसहित]

  • 2.3K
    SHARES
  • बुबा कोरोना संक्रमित हुँदाको अनुभूति [भिडियोसहित]

    काठमाडाैं । भारतको राजधानी दिल्लीमा बिएस्सी नर्सिङ पढ्दै थिएँ, अचानक त्यहाँ कोरोना महामारी फैलिन थालेपछि मे महिनाको पहिलो साता म काठमाडौं फर्किएँ ।

    नेपाल फर्केको दुई सातापछि सर्लाहीमा व्यापार गरेर बस्नु भएको मेरो बुबा बिरामी पर्नु भयो । त्यहीँ डाक्टरलाई जचाउनु भएछ, सामान्य खोकी भनेकाले औषधि खाएर बस्नु भएको रहेछ । गाउँमा पिसिआर परीक्षण गर्ने मेसिन नै नभएकाले त्यहाँ त कोरोना भए नभएको थाहा हुने अवस्था नै थिएन । 

    बुबाले गाउँमै अक्सिमिटरबाट अक्सिजन जाँच्नु भएको रहेछ । त्यो बेला हर्टविटलाई अक्सिजन भन्ठान्नाले अलि समस्या आयो । हर्टविट ९६ भएकाले अक्सिजन लेभल ठिक छ भन्ठानेर बस्दा बिरामीले झन गाँज्यो ।

    कोरोना भनेपछि कतिपय बिरामीका आफन्त त अस्पतालै नजाने । यस्तो अवस्थामा बिरामीले खान नसकेको कुरा थाहा हुने कुरा पनि भएन । खानै नखाएपछि बिरामी त झन्झन् कमजोर हुँदै गइहाल्छ नि ! मलाई लाग्छ धेरै बिरामी त उचित स्याहार नपाएर पनि ठिन हुन सकेनन होला ।

    औषधिले पनि ठिक नभएपछि एकदिन मैले फोनमा कुरा गर्दा श्वासप्रश्वासमा समस्या भएको जस्तो लाग्यो । कोरोना महामारी फैलिएको बेला भएकाले मैले ढिला नगरि काठमाडौं उपचारका लागि आउन भनें । 

    त्यहि दिन मैले अनलाइनमार्फत एम्बुलेन्स बुक गरेर बुबालाई काठमाडौं झिकाएँ । कोरोना फैलिएको बेला कसैलाई भन्न नसकेर मेरो बुबा एक्लै काठमाडौं आउनु भयो ।

    sarlahiwada..JPG

    कोरोना भएको भन्ने त थाहा थिएन तर, शंका चाहिँ थियो । बुबाले खोकी भनेर कफ सिरफ चैं खानु भएको रहेछ । त्यसले गर्दा कफ निस्केर अलि सजिलो भने भएको थियो ।

    मे १७ को दिन साँझ बुबा काठमाडौं आइपुग्नु भयो । कोरोनाको दोस्रो लहरले गर्दा अस्पतालमा भर्ना हुनै गाहे थियो । सुरुमा कान्तिपुर अस्पताल भर्ना गरियो । त्यहाँ अक्सिजन लेभल जाँच्दा निकै कम देखियो । कोरोनासँग मिल्ने लक्षण र अक्सिजन लेभलसमेत घटेपछि कोरोना परीक्षण गर्ने सल्लाह गर्यौं । कोभिड नेगेटिभ भए अन्य अपचारको पाटोतिर लाग्ने सोचेका थियौं । 

    मेरो अनुभवको अधारमा बिरामीका आफन्तलाई के अनुरोध गर्न चाहन्छु भने, कोरोना भयो भन्दैमा आफ्नो मान्छेलाई अस्पतालको जिम्मामा मात्र नछाडाैं । 

    कोरोना परीक्षणको रिर्पोट पोजेटिभ आयो । रिर्पोट आउँदासम्म बुबाको अवस्था गम्भीर भइसकेको थियो । उहाँले कोरोना भएको थाहा पाएपछि आत्तिनु पनि भयो । रिपोर्ट आउँदा राति भइसकेकाले के गर्ने भन्ने अन्यौल थियो । तर, जसरी पनि बुबालाई उपचार गरेर बचाउनु पर्छ भन्ने थियो मनमा । 

    आत्मबल बलियो भए काेराेना जितिन्छ [भिडियो अन्तर्वार्ता] आत्मबल बलियो भए काेराेना जितिन्छ [भिडियो अन्तर्वार्ता]

    चिनेजानेको मान्छे सबैलाई खबर गरेर बेड आवश्यक परेकोले कुनै अस्पतालमा खाली भए तुरुन्त आफूलाई जानकारी दिन अनुरोध गरें । काठमाडौंमा बेडको लागि दुई हजारभन्दा बढिलाई सम्पर्क गरें तर कतै बेड खाली पाइएन् । त्यही बेलातिर स्वास्थ्य मन्त्रालयले बेड खाली भएको अस्पतालको नम्बरसहित सूचना निकालेको थियो । तर, फोन गर्दा कुनैमा पनि बेड थिएन । कतै नपाए झापाको बिएण्डसी अस्पतालमा आइसियू पाइन्छ भनेर त्यसलाई पनि विकल्पमा राखेको थिएँ ।

    तर राति नर्भिक अस्पतालमा बेड पाएपछि बुबालाई लिएर गएँ । त्यो बेलाको कोरोना भाइरस एकदमै संक्रामक छ भनिएको थियो । तर, मलाई सर्ला भनेर सोच्दै सोचिनँ । दुईजना बैनीहरु सानै छन् त्यसैले बुबालाई जसरी पनि ठिक पार्न पर्छ भन्ने मात्र सोच थियो । बरु मलाई केही भए पनि फरक पर्दैन भनेर मैले जनस्वास्थ्यका मापदण्ड पूर्णपालना गर्दै बुबालाई लिएर अस्पताल गएँ । 

    म बुबालाई हेर्न अस्पताल बस्दाको अनुभवले धेरै कुरा सिकायो । ज–जस्को आफन्त कुरुवा बस्नु भएको थियाे उहाँहरु छिटो निको भएर फर्कनु भएको मैले देखें । 

    अस्पताल पुग्दा बुबाको अक्सिजन लेभल ७२ मात्र थियो । अक्सिजन लेभल घटेकाले निराश भएको थिएँ । तर बुबालाई बचाउनका लागि गर्नुपर्ने जुनसुकै प्रयास छाड्दिन भन्ने दृढ भावना चाहिँ थियो । बुबालाई बचाउन कुनै प्रयाससम्म गर्न सकिँन भनेर पछि पश्चाताप नहोस्् भनेर मैले हर प्रयास जारी राखें । अस्पताल भर्ना गरिसकेपछि फोक्सोको एक्सरे गर्दा ८० प्रतिशत भागमा संक्रमण भइसकेको थियो । 

    बुबालाई अस्पतालमा भर्ना गरिसकेपछि मलाई डाक्टरले घर जान भनेका थिए । सबै सुविधा अस्पतालमै छ त्यसैले तिमी घर जाँदा हुन्छ भनिएको थियो । तर बुबालाई छोडर घर आउन मन लागेन । बुबा ठिक भएर अस्पतालबाट डिस्चार्ज नहुन्जेल २२ दिन म अस्पतालमै बसें । 

    अस्पतालमा बस्दाको मेरो अनुभव त्यत्ति राम्रो भने रहेन् । आइसियूमा भएका बिरामीले बिहानदेखि केही खाएको नहुने रहेछ । अक्सिजन लगाएका बिरामीले खानेकुरा खानै नसक्ने अवस्था हुँदो रहेछ । कमजोर भएका बिरामीले खानसक्ने कुरा पनि भएन् । 

    मेरो बुबाले पनि केही नखाएको थाहा पाएँ । आइसियूमा गएर हेर्दा बिहानदेखिका खाना टेवुलमै थिए । आफैंले खान नसकेर सबै खानेकुरा त्यसै थियो । खान नै नखाएपछि बिरामी कसरी तंग्रिन्छ ? त्यो सबै देख्दा मलाई एकदम चित्त दुख्यो । 

    नर्सहरु थोरै भएकाले सबै बिरामीको हेरचाह गर्नै नसक्ने अवस्था थियो । त्यो देखेपछि मैले अस्पतालको अनुमति लिएर आफैंले अतिरिक्त पैसा दिएर एकजना नर्स राखें । छुट्टै नर्स राख्दा २४ घण्टाको ५ हजार रुपैयाँ अतिरिक्त तिर्नु पथ्र्याे । सबैले यसरी नर्स राख्न पनि नसक्ने अवस्था छ । 

    कोरोना भनेपछि कतिपय बिरामीका आफन्त त अस्पतालै नजाने । यस्तो अवस्थामा बिरामीले खान नसकेको कुरा थाहा हुने कुरा पनि भएन । खानै नखाएपछि बिरामी त झन्झन् कमजोर हुँदै गइहाल्छ नि । मलाई लाग्छ धेरै बिरामी त उचित स्याहार नपाएर पनि ठिन हुन सकेनन होला । 

    मेरो अनुभवको अधारमा बिरामीका आफन्तलाई के अनुरोध गर्न चाहन्छु भने, कोरोना भयो भन्दैमा आफ्नो मान्छेलाई अस्पतालको जिम्मामा मात्र नछाडाैं । नातागोता र परिवारको महत्व यस्तो बेलामा बढी हुन्छ । मलाई के लाग्छ भने मैले बुबालाई अस्पतालमा नछोडी बसेकाले चाँडै निको हुनु भयो । जबकी बुबालाई हामीले गम्भीर बिरामी भएको अवस्थामा भर्ना गरेका हौं ।

    जतिसुकै राम्रो अस्पताल भए पनि आफ्नो बिरामीको रेखदेख आफैँ गर्दा त्यसको छुट्टै प्रभाव पर्छ । महामारीका बेला बिरामीको चाप बढ्ने भएकाले डाक्टर र नर्सले परिवारको सदस्यजस्तो भएर हेरचाह गर्न सक्दै सक्दैनन् । 

    sarlahiwada..JPG

    मेरो अनुभावमा बिरामीलाई मसँगै मेरो परिवारको सदस्य छ भन्ने भाव हुँदा पनि त्यसले निको हुन निकै ठूलो मद्दत गर्छ । पैसाले मात्र बिरामी निको हुने हैन् । कोरोनाले धेरै धनाढ्यको मृत्यु भएको छ । बिरामी भएको बेला आत्मविश्साले पनि धेरै असर गर्ने रहेछ । आत्मविश्वास जगाउने भनेको आफ्नो मान्छेले हो । त्यो कुरा मैले महसुस गरें ।

    म बुबालाई हेर्न अस्पताल बस्दाको अनुभवले धेरै कुरा सिकायो । ज–जस्को आफन्त कुरुवा बस्नु भएको उहाँहरु छिटो निको भएर फर्कनु भएको मैले देखें । 

    बिरामी भएर आइसियूमा बसेको व्यक्तिलाई मेरो हेरचाहको लागि बाहिर कोही बसिरहेको छ भन्ने आभास दिलाउनु पर्ने रहेछ । त्यसले गर्दा बिरामी धेरै छिटो निको हुने देखियो ।

    डाक्टरसँग बारम्बार आफ्नो विरामीको अवस्थाबारे जानकारी लिइरहनुपर्छ । अस्पतालले आफ्नो बिरामीलाई कुन कुन औषधि प्रयोग गरिरहेको छ जानकारी लिनुपर्छ । बिरामीलाई प्रयोग गरिएको औषधिबारे थाहा पाउनु हाम्रो अधिकार हो । त्यसैले सबै कुराको जानकारी राख्नुपर्छ । बिरामीलाई अस्पतालमा एक्लै छोड्नु हुँदैन । 

    मैले बुबालाई यसरी उपचार गराउन लैजाने, हेरचाह गर्ने, चाहिने सबै कुराको बन्दोबस्त गर्नसक्ने बनाउनु भएको मेरो बुबाले नै हो । उहाँले मलाई शिक्षादिक्षा दिनु भएकाले यति गर्न सकें । यसका लागि म मेरो अभिभावकप्रति कृतज्ञ छु । मैल पढ्न नपाएको भए बुबा बिरामी पर्दा यति गर्न सक्ने थिइनँ ।  

    र अर्काे महत्वपूर्ण कुरा जनस्वास्थ्यका मापदण्ड राम्ररी पालना गर्यौं भने कोरोना सर्दैन भन्ने पनि बुझें । मैले बुबालाई कोरोना भइसकेपछि अस्पताल लैजाने, भर्ना गर्ने सबै गरें । म पनि संक्रमित हुन्छु कि भन्ने डर त थियो । तर, मैले जनस्वास्थ्यका सबै मापदण्ड अपनाएकाले केही भएन् । अरु कुरुवाहरुलाई पनि केही भएन । उहाँहरु सबैले सरसफाइ, मास्क र पन्जा लगाउने कुरामा ध्यान दिनु हुन्थ्यो । 

    मैले बुबालाई यसरी उपचार गराउन लैजाने, हेरचाह गर्ने, चाहिने सबै कुराको बन्दोबस्त गर्नसक्ने बनाउनु भएको मेरो बुबाले नै हो । उहाँले मलाई शिक्षादिक्षा दिनु भएकाले यति गर्न सकें । यसका लागि म मेरो अभिभावकप्रति कृतज्ञ छु । मैल पढ्न नपाएको भए बुबा बिरामी पर्दा यति गर्न सक्ने थिइनँ ।  

    म सबै अभिभावकलाई छोराछोरीमा भेदभाव नगरि सन्तालाई पढाउन आग्रह गर्न चाहन्छु । कोरोना उपचारको सबैभन्दा ठूलो औषधि भनेको नै आत्मविश्वास रहेछ । बिरामीमा आत्मवल दिन सक्नु पर्छ । 

    बिरामी परे भन्दैमा आफ्नो परिवारको सदस्यलाई अस्पतालको मात्र भरमा एक्लै छोड्नु हुँदैन । पैसा त समयसँगै कमाउन सकिन्छ तर, आफ्नो मान्छे एकपटक गुमाएपछि फिर्ता आउँदैनन् । 

    साहसँग गरिएकाे कुराकानीकाे भिडियाे 

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology