Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

राप्रपाले कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने 

राप्रपाले कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने 

  • 207
    SHARES
  • राप्रपाले कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने 

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठक सम्पन्न भएको छ ।

    कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवम् मुलुकको समग्र राजनीतिक सामाजिक अवस्थाबारे समीक्षा गर्न र पार्टीको रणनीति तय गर्न बसेको उक्त बैठकले कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने निर्णय गरेको सो पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।

    प्रवक्ता श्रेष्ठले भने, ‘कोशी प्रदेशमा अनायासै जुन घटनाक्रम विकास भएको छ, त्यस विषयमा गम्भीर समिक्षा गरेका छौँ, घटनाक्रमलाई नजिकबाट नियाल्ने र अहिले मुख्यमन्त्री छान्ने विषयमा कसैको पक्ष नलिने, पछि आवश्यक परे निर्णय लिइने छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij