वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले १६ गते बस्न लागेको पार्टीको १० औं महाधिवेशन आयोजक कमिटीको बैठकमा दुवै पक्ष उपस्थित हुनुपर्ने धारणा राखेका छन् । साविक केन्द्रीय कमिटीसमेत रहेको महाधिवेशन कमिटीको बैठकले नै पार्टीलाई अघि बढाउने रिजालको ठहर छ ।
५ पुस ०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालपक्षमा रहेका रिजाल ८ जेठयता एमाले अध्यक्ष ओलीपक्षमा खुलेका छन् ।
‘अब नेकपा एमालेमा ‘महाधिवेशन आयोजक कमिटी’ नामक अस्थायी संरचना रहँदैन,’ एमालेको विदेश विभाग उपप्रमुखसमेत रहेका रिजालले फेसबुकमा लेखेका छन्, ‘साविक केन्द्रीय कमिटीको बैठक बस्छ र पार्टीलाई त्यसैले अघि बढाउँछ । पार्टी एकताका लागि यस विकल्पलाई सबैले अधिकतम लचकताका साथ प्रयोग गर्नुपर्छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij