Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सर्लाहीको बागमतीका मेयर थापामाथि फिल्म ‘मेयर’ बन्ने

सर्लाहीको बागमतीका मेयर थापामाथि फिल्म ‘मेयर’ बन्ने

  • 169
    SHARES
  • सर्लाहीको बागमतीका मेयर थापामाथि फिल्म ‘मेयर’ बन्ने

    काठमाडौं । निर्देशक दीपेन्द्र के खनालले बागमती नगरपालिकाका मेयर भरतकुमार थापामाथि फिल्म ‘मेयर’ बनाउने भएका छन् । दीपेन्द्रले फिल्म ‘मेयर’को घोषणा गर्दैगर्दा धेरैले काठमाडौंका बालेन शाहलाई सम्झिए । तर खनालले मेयर थापामाथि बायोपिक फिल्म बनाउने भएका छन् ।

    सुशासन र पर्यटन क्षेत्रमा गरेको कामबाट प्रशंसा पाइरहेका सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापामाथि दीपेन्द्रले फिल्म ‘मेयर’ बनाउन लागेका हुन् । दीपेन्द्रले यो फिल्मको छायांकन माघबाट सर्लाहीमै हुने जानकारी दिए ।

    गत वर्ष भएको स्थानीय तहको चुनावमा थापा नेकपा माओवादी केन्द्रबाट बागमती नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनी दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij