वेबटिभी खबर
काठमाडौं । १४ औं महाधिवेशनमा सभापतिका तीनजना आंकाक्षीहरू शशांक कोइराला, बिमलेन्द्र निधि र प्रकाशमान सिंहबीच मंगलबार पनि भेटवार्ता भएको छ ।
कांग्रेसमा परम्परागत समीकरण भत्काएर नयाँ समीकरण निर्माण गर्ने तयारीमा रहेका यी नेताहरूबीच यसअघि पनि दुईपटक भेटवार्ता भएको थियो । ७ असारमा निधि निवास र ११ असारमा शशांक कोइराला निवासमा भेटवार्ता भएको थियो । यी नेताकाे याे तेस्राे भेट हाे । यसअघिका भेट सकारात्मक भएकैले तेस्राे चरणमा पनि यी नेताबीच भेट जारी भएकाे आँकलन गरिएकाे छ ।
पार्टीमा आफ्नाे याेगदानसँगै यी तीन नेतासँग विरासतको शक्ति पनि छ । कांग्रेसका संस्थापक (विपी काेइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधि) का सन्तान भएकाले यी नेताप्रति आम कांग्रेस कार्यकर्ताकाे भराेसा बढी छ । पार्टीभित्र प्रभावशालि यी तीन नेताकाे लगातारको भेटवार्ताले विशेषगरी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल खेमा सशंकित भएकाे छ ।

निधि लामो समयदेखि सभापति देउवाको समूहमा छन् । तर १४ औँ महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवार बनाउन देउवा सहमत नभएपछि निधि नयाँ समीकरण निर्माण गरेर अघि बढ्ने तयारीमा छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलाई सहयोग गर्दै आएका सिंह र शशांकले पनि नयाँ समीकरण गर्न लागेपछि पौडेल झस्किएका छन् । पौडेलले १४ असार सोमबार नेतृ सुजाता कोइराला निवासमा कृष्ण सिटौलासहित नेताहरूसँग छलफल गरेका थिए । त्यसैगरी शेखर काेइरालासँग पनि पाैडेलले भेट गरिसकेका छन् ।
महाधिवेशनले जुराएको निधि, सिंह र कोइरालाको भेट
१४ औं महाधिवेशनः बिमलेन्द्र, शशांक र प्रकाशमान दोस्रो चरणको छलफलमा
कांग्रेसको १४ औं महाधिवेशनः कस्तो बन्दै छ नेताहरूको समीकरण ?
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij