Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

मोटरसाइकल आपसमा ठोक्किँदा तीनको मृत्यु, एक घाइते

मोटरसाइकल आपसमा ठोक्किँदा तीनको मृत्यु, एक घाइते

  • 170
    SHARES
  • मोटरसाइकल आपसमा ठोक्किँदा तीनको मृत्यु, एक घाइते

    सिरहा । सिरहामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु र एक घाइते  भएका छन ।

    सिराहा नगरपालिका-१९ सन्हैठास्थित नयाँ चोकमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको हो ।

    बुधबार राति पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स२प४५३१ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा सिरहाको अर्नामा गाउँपालिका-५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले बताएको छ ।

    घाइतेहरुको उपचारको क्रममा प्रादेशिक अस्पताल सिराहामा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १५ वर्षीय युवराज कुमार यादवलाई थप उपचारका लागि विराटनगर पठाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij