वेबटिभी खबर
काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाऊ अभियानले काठमाडौंको गौशालामा प्रदर्शन गर्ने क्रममा झडप भएको छ । अभियानलाई साथ दिदै धर्म गुरु परिवार नेपालले गौशाला चोकमा आयोजना गरेको सभाका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।
प्रदर्शनकारीले सडक अवरुद्ध गरेर सभा आयोजना गरेको थियो । प्रहरीले सडक खुलाउन खोज्दा प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।
सभामा नागरिक बचाऊ अभियानका संयोजक प्रसाईं पनि सहभागी थिए । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । त्यसअघि सभामा श्रीनिवास आचार्यलगायतले आन्दोलन चर्काउनुपर्ने भन्दै उत्तेजक भाषण दिएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij