Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

हाम्रो वास्तविकताका आधारमा संसद अघि बढछ : सभामुख घिमिरे

हाम्रो वास्तविकताका आधारमा संसद अघि बढछ : सभामुख घिमिरे

  • 142
    SHARES
  • हाम्रो वास्तविकताका आधारमा संसद अघि बढछ : सभामुख घिमिरे

    काठमाडौं । सभामुख देवराज घिमिरेले लोकतन्त्रको असल अभ्यासमा रहेका मुलुकबाट सिकेर हाम्रो आफ्नो वास्तविकताका आधारमा सदन र ससदीय समितिलाई अघि बढाइने बताएका छन ।

    आज १७औँ संघीय संसद् सेवा दिवसका अवसरमा आयोजित ‘संसद सेवाको प्रभावकारिता’ विषयक अन्तरक्रियामा सभामुख घिमिरेले मुलककै सर्वोच्च विधायिकीलाई विशिष्ट तुल्याउने गरी कार्यसम्पादन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिए ।

    सभामुख घिमिरेले भने, ‘संसद सर्वोच्च विधायिकी संस्था हो, यो अहिले त्यो अवस्थामा छ कि छैन ? हामी सबै मिलेर मेहनतकासाथ सदनलाई सर्वोच्च संस्था बनाउनुपर्छ । सदनलाई गरिमायुक्त र नतिजामुखी तुल्याउने ढंगले काम गरौँ ।’

    संसदलाई प्रभावकारी तुल्याउन कर्मचारीमा इमान्दारीका साथ काम गर्ने प्रण हुनुपर्छ भन्दै सभामुख घिमिरेले कतिपय संस्थामा योग्य कर्मचारी भएपनि परिणाम दिन सकेको उदाहरण प्रस्तुत गरे ।

    सभामुख घिमिरेले भने, ‘जनताका प्रतिनिधिसँग सिधै काम गर्ने, कानून तर्जूमाको जिम्मेवारीमा रहने भएकाले संसद् सेवाका कर्मचारी मर्यादित र अनुशासित ढंगबाट कार्यसम्पादन गर्नेतर्फ सजग र सचेत हुनुपर्छ ।’

    त्यस अवसरमा राष्ट्रियसभा सदस्य डा.खिमलाल देवकोटाले संसद् र संसद् सचिवालयको प्रभावकारिता विषयमा कार्यपत्र प्रस्तुत गर्दै कार्यपालिकाले शक्ति सन्तुलनको मर्म विपरीत संघीय संसदलाई थोरै रकम विनियोजन गरिएको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij