वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो ६३ औं वार्षिकोत्सव बिहीबार सामान्य कार्यक्रमका गरी मनाएको छ । कोभिड-१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै निगमले आफ्नै कार्यालयमा सीमित संख्याका कर्मचारीको उपस्थितिमा संक्षिप्त कार्यक्रम गरेको हो ।
सो अवसरमा निगमको विभिन्न जिम्मेवारीमा रहेका कर्मचारीलाई पदक र सम्मानपत्र प्रदान गरिएको थियो । निगमका महाप्रवन्धक डिमप्रकास पौडेलले बीस वर्षे सेवा अवधि पूरा गरेका चार कर्मचारीलाई पदक र सम्मानपत्र प्रदान गरे ।
दीर्घसेवा पदक पाउनेमा वरिष्ठ पाइलट नरबहादुर विश्वकर्मा, राजेश कुशवाहा, सञ्जय वैद्य र उज्जल सिलवाल छन् । महाप्रवन्धक पौडेलले निगमका कर्मचारीले कठिन घडीमा पनि देश र जनताको लागि उल्लेखनीय सेवा दिएकोमा प्रशंसा गर्दै भविष्यमा आइपर्ने समस्यामा डटेर योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
महँगो ब्याजको ऋण, महँगो हवाइ इन्धन र देश प्रतिकूल विमान किन्नु परेका कारण निगमले दोष बोक्नु परेको चर्चा गर्दै उनले निगमको प्रयासमा हवाइ इन्धनको मूल्य घटाउन सकिएको कारण वित्तीय प्रवाहमा महत्वपूर्ण मद्दत पुग्ने बताए ।
महाप्रवन्धक पौडेलले नेपाल सरकारको सहयोग निरन्तर प्राप्त भएको छ र त्यसमा निगम भित्रको सामूहिक प्रयासमा जवाफदेहिता, पारदर्शिता र व्यावसायिकतासहित अघि बढ्न आव्हान गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij