वेबटिभी खबर
नयाँ दिल्ली । भारतको केन्द्रीय मन्त्रिपरिषद् एक दुई दिनभित्र विस्तार हुने भएको छ । यो फेरबदल सन् २०२४ मा हुने लोकसभा निर्वाचन एवं आगामी पाँच वर्षमा केही राज्यमा हुने विधानसभा निर्वाचनलाई ध्यानमा राख्दै गर्न लागिएको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा मन्त्रिपरिषद् पुर्नगठन हुनेछ । भारतीय सञ्चारमाध्याम एनडिटिभीका अनुसार ज्योतिरादित्य सिन्धिया पनि केन्द्रीय क्याबिनेटमा समावेश हुन सक्नेछन् ।
कांग्रेससँगको मतभेदपछि गत वर्ष मध्यप्रदेशमा भाजपा सत्तामा सिन्धियाको पनि उपस्थिति थियो । सिन्धियाबाहेक सर्वानन्द सोनोवाल पनि मन्त्रि हुनेछन् ।
सोनोवालले असमका मुख्यमन्त्री हेमन्तविश्व शर्मालाई जिताउन महत्वपूर्ण सहयोग गरेका थिए । स्रोतका अनुसार मन्त्रिमण्डल हेरफेर गर्दा केही मन्त्रि बाहिरिने भएका छन् ।
अझै प्रकाश जावडेकर, पियुष गोयल, धर्मेन्द्र प्रधान, नितिन गडकरी, डा. हर्षवर्धन, नरेन्द्र सिंह तोमर, रविशंकर प्रसाद, स्मृति इरानी र हरदीप सिंहलगायतका ९ मन्त्रिहरुले एकभन्दा धेरै मन्त्रालयको जिम्मा लिइरहेका छन् ।
मोदी सरकारले अब मन्त्रि बनाउन सक्ने भाजपाका नेताहरुमा उत्तराखण्डबाट अजय भट्ट वा अनिल बलुनी, कर्नाटकका प्रताप सिन्हा, पश्चिम बंगालबाट जगन्नाथ सरकार, शान्तनु ठाकुर, निसिथ प्रामाणिक, हरियाणाबाट बृजेन्द्र सिंह, राजस्थानबाट राहुल कासवान, ओडिशाका अश्विनी वैष्णव, महाराष्ट्रका पूनम महाजन वा प्रीतम मुन्डे, हिना गावित रहेका छन् ।
मन्त्रि बन्न सक्नेहरुको सूचीमा दिल्लीबाट परवेश वर्मा र मिनाक्षी लेखीको नाम पनि रहेको बताइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij