Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

‘तीनवटै तहका सरकारबीच समन्वय जारी छ’

‘तीनवटै तहका सरकारबीच समन्वय जारी छ’

  • 221
    SHARES
  • ‘तीनवटै तहका सरकारबीच समन्वय जारी छ’

    मनहरी । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तीनवटै तहका सरकारबीच समन्वय भइरहेको बताएका छन् ।

    हेटौंडामा आज आयोजित तहगत अधिकारको कार्यविस्तृतिकरणसम्बन्धी गोष्ठीमा उनले तहगत अधिकार हस्तान्तरण बाँकी रहे पनि विकास-निर्माणका काममा तीनवटै तहका सरकारबीच समन्वय भइरहेको बताए ।

    संविधान कार्यान्वयनमा संघीय सरकार प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्रीले आफूहरू पनि त्यस दिशामा क्रियाशील उल्लेख गरे ।

    संघीयतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न तहगत अधिकारको बाँडफाँटमा जोड दिनुपर्ने उनले बताए । सबैको सुझावका आधारमा अधिकारको बाँडफाँट हुनेमा आफू विश्वस्त रहेको  उनले बताए ।

    गोष्ठीमा गाउँपालिका महासंघका अध्यक्ष लक्ष्मी पाण्डे, नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगाना,कार्यकारी निर्देशक कलानिधि देवकोटाले संघीय शासन व्यवस्थाका विविध पक्षबारे मन्तव्य व्यक्त गरेका थिए ।

    शुक्रबार सम्पन्न हुने गोष्ठीमा नेपाल नगपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका पदाधिकारी, सातवटै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव र मुख्य न्यायाधिवक्ता, जनप्रतिनिधि र विज्ञहरू सहभागी छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij