Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

अध्यक्ष ओलीले पार्टी एकताका लागि सार्थक पहल गरिरहेको जानकारी दिनुभएको छः विष्णु रिजाल

अध्यक्ष ओलीले पार्टी एकताका लागि सार्थक पहल गरिरहेको जानकारी दिनुभएको छः विष्णु रिजाल

  • 762
    SHARES
  • अध्यक्ष ओलीले पार्टी एकताका लागि सार्थक पहल गरिरहेको जानकारी दिनुभएको छः विष्णु रिजाल

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि सार्थक पहल गरिरहेको बताएका छन् ।

    शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी एमाले केन्द्रीय कमिटीमा अध्यक्ष ओलीले राखेको अभिव्यक्ति उद्धृत गर्दै रिजालले यस्तो बताएका हुन् ।    

    ‘केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आजको प्रमुख आवश्यकता पार्टी एकता रहेकोमा जोड दिएर हो चि मिन्हलाई उद्यृत् गर्दै भन्नुभएको छ, ‘पहिलो आवश्यकता एकता, दोस्रो आवश्यकता एकता र तेस्रो आवश्यकता एकता,’ रिजालले ट्वीटरमा लेखेका छन् ।

    बैठकमा अध्यक्ष ओलीले पार्टी एकताका लागि आफूले सार्थक पहल गरिरहेको जानकारी दिएको रिजालले बताएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij