Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता पाँच वर्षे किस्ताबन्दीमा बुझाउने सुविधा दियो

प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता पाँच वर्षे किस्ताबन्दीमा बुझाउने सुविधा दियो

  • 166
    SHARES
  • प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता पाँच वर्षे किस्ताबन्दीमा बुझाउने सुविधा दियो

    काठमाडौं । नेपाल  विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रकलाइनको बक्यौता महसुल बुझाउन ६० महिना (५ वर्ष) को म्याद दिएको छ ।  

    प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै अबको ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको हो ।
     
    प्राधिकरणको यही पुस १६ गतेको सञ्चालक समितिको बैठकले  बक्यौता रकम किस्ताबन्दीमा बुझाउने विशेष व्यवस्था गरेको सूचनामा जनाइएको छ । यो व्यवस्था एक पटकका लागि गरिएको पनि प्राधिकरणले स्पष्ट गरेको छ । 

    प्राधिकरणका अनुसार ६१ वटा उद्योगको २२ अर्ब २४ करोड रूपैयाँ बक्यौता छ । बक्यौता नबुझाएका २४ उद्योगको विद्युत् सेवा कटौती गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij