Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सभापति देउवाद्वारा संगीतकार आचार्यको निधनप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा संगीतकार आचार्यको निधनप्रति दुःख व्यक्त

  • 227
    SHARES
  • सभापति देउवाद्वारा संगीतकार आचार्यको निधनप्रति दुःख व्यक्त

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भजन शिरोमणि, वरिष्ठ गायक एवं संगीतकार भक्तराज आचार्यको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

    सभापति देउवाको तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी भजन शिरोमणिका रूपमा नेपाली जनजनको हृदयमा बस्न सफल सुप्रसिद्ध गायक तथा संगीतकार भक्तराज आचार्यको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

    सभापति देउवाले भजन शिरोमणि, वरिष्ठ गायक एवम् संगीतकार आचार्यको निधनबाट नेपाली सांगीतिक इतिहासमा एउटा नक्षत्र अस्ताएको बताएका छन् ।

    ‘भौतिक रुपमा आचार्य हामी माझ नरहनु भएता पनि उनले छोडेर जानुभएका कालजयी गीत-संगीत युगौँयुगसम्म नेपालीका मनमा गुञ्जिरहनेछन् ।’ सभापति देउवाले भनेका छन् ।

    पूर्वप्रधानमन्त्री देउवाले स्वर्गीय आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै उनले स्वर्गीय आचार्यकी श्रीमती सुशीला आचार्य, सुपुत्रद्वय सत्यराज र स्वरुपराजलगायत शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

    नेपाली संगीत समृद्ध बन्न उनको साधना, सङ्गीत, स्वर र सुरले महत्वपूर्ण योगदान पुर्याएको कांग्रेसले जनाएको छ । स्वर्गीय आचार्यका ‘मुटु जलिरहेछ’, ‘जति चोट दिन्छौ देउ मायालु’, ‘हजार सपनाहरूको माया लागेर आउछ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार आँखा हेर्ने मेरी मायालुलाई’ लगायत गीतहरू लोकप्रिय छन् ।

    कांग्रेसले आचार्यको निधनबाट नेपाली सांगीतिक जगतले एक अग्लो शिखर गुमाएको र देशले एक असल र कुशल साधकको बिदाइसँगै अपूरणीय क्षति भोग्नुपरेको बताएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij