वेबटिभी खबर
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा औएकीकृत समाजवादी)का अध्यक्ष एवं पू्र्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटघाट भएको छ ।
प्रधानमन्त्री दाहाल अध्यक्ष नेपालको स्वास्थ्यलाभको कामना गर्न आज साँझ उनको निवास कोटेश्वर गेका हुन् ।
प्रधानमन्त्री दाहालका साथमा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि अध्यक्ष नेपालको निवास कोटेश्वर पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
अध्यक्ष नेपाल केही दिनदेखि बिरामी भएर घरमा आराम गरिरहेका छन् । उनीहरूबीच पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफलसमेत भएको बताइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij