Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कार्यदलले समस्या समाधान गर्दैन, ओली-नेपाल वार्ता आवश्यक: रिजाल 

कार्यदलले समस्या समाधान गर्दैन, ओली-नेपाल वार्ता आवश्यक: रिजाल 

  • 820
    SHARES
  • कार्यदलले समस्या समाधान गर्दैन, ओली-नेपाल वार्ता आवश्यक:  रिजाल 

    काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले पार्टीको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच वार्ता आवश्यक रहेको बताएका छन् । रिजालले बुधबार सामाजिक संजालमार्फत कार्यदलले मात्रै समस्या समाधान गर्न नसक्ने दाबी गरेका हुन् । 

    कार्यदलले सहमति जुटाए पनि ओली-नेपालबीच वार्ता हुनुपर्ने उनको तर्क छ ।  नेता रिजालले ओली-नेपालको भेटवार्ता ढिला गर्दा पार्टी एकता प्रक्रिया पनि ढिला हुने दाबी गरेका छन् ।
     

    ‘एमालेमा पूर्वसंरचना पुनर्स्थापना र विधान कार्यान्वयनका बारेमा कार्यदलमा सहमति हुन सक्छ । तर समस्या त्यतिमा समाधान हुन्छ जस्तो लाग्दैन । उच्च राजनीतिक सहमति र विश्वास निर्माण गर्न केपी शर्मा ओली र माधव नेपालबीच आपसमा बस्न जति ढिला हुन्छ, एकता प्रक्रिया त्यति नै ढिला हुन्छ,’ नेता रिजालले लेखेका छन् ।

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij