Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनको आँधीबेहरी ल्याउने पाँच विद्यार्थी संगठनको चेतावनी

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनको आँधीबेहरी ल्याउने पाँच विद्यार्थी संगठनको चेतावनी

  • 690
    SHARES
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनको आँधीबेहरी ल्याउने पाँच विद्यार्थी संगठनको चेतावनी

    काठमाडौं । पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको छन् । नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौँ) ले सात बुँदे माग राख्दै निगमलाई ज्ञापनपत्र बुझाएका हुन् । 

    जसमा नाफा सञ्चित गरी मूल्यवृद्धि उपभोक्ताको थाप्लोमा हाल्ने प्रवृत्ति बन्द गर्न, पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा असुल्दै आएको करको दायरा घटाइ जनतालाई सहुलियत दरमा उपलब्ध गराउन, खर्च हुन नसकेका अनुचित शीर्षकमा थप रकम जम्मा गर्दै नागरिकमा थप व्ययभार लगाउने काम बन्द गर्न, निगमको अनावश्यक खर्च कटौती गरी मूल्यवृद्धि नियन्त्रण गर्न र विद्यार्थीलाई परिचयपत्रको आधारमा सहुलियत दरमा एलपी ग्यास उपलब्ध गराउन माग गरिएको छ । 

    निगमले मूल्यवृद्धि तत्काल फिर्ता नलिए संयुक्त विद्यार्थी संगठनले आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनीसमेत दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij