Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सन्धिखर्कका किसानलाई कफी खेती तालिम

सन्धिखर्कका किसानलाई कफी खेती तालिम

  • 117
    SHARES
  • सन्धिखर्कका किसानलाई कफी खेती तालिम

    अर्घाखाँची । सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफी खेती गर्ने किसानलाई एकदिने कफी खेतीसम्बन्धी तालिम दिइएको छ ।

    व्यावसायिक रूपमा कफी खेती गर्ने ४१ किसानलाई कफीका विभिन्न जात, बिरुवा लगाउने विधि, कफीको स्यहारसुसार तथा गर्नुपर्ने सबै प्रक्रियासम्बन्धी सम्पूर्ण जानकारीसहित प्रशिक्षण दिइएको हो ।

    अन्नबाली लगाउँदा बाँदर तथा जंगली जन्तुबाट बचाउन निकै गाह्रो भएको र पर्याप्त सिँचाइ सुविधा नहुँदा अन्य खेती गर्न गाह्रो भएको समयमा कफीखेती राम्रो विकल्प भएको तालिममा भाग लिएका किसान बताउँछन् ।

    तालिममा सहभागी प्रत्येक किसानले दुईदेखि छ रोपनी जग्गामा दुई सयदेखि छ सय कफीका बिरुवा लगाउने कार्यक्रम रहेको कफी प्रवर्द्धन कार्यक्रम समन्वय समिति सन्धिखर्क–१० का अध्यक्ष धर्मराज भुसालले बताए ।

    सन्धिखर्क नगरपालिका कृषि विकास शाखाको संघीय सशर्त अनुदानतर्फको २० लाखको कार्यक्रम पनि छ । कार्यक्रमअन्तर्गत कफी खेतीका लागि खाडल खन्ने, प्राङ्गारिक मल खरिद, सिँचाइका लागि पानी ट्यांकी निर्माण गर्ने तालिम तथा भ्रमणको कार्यक्रम राखिएको सन्धिखर्क–१० का वडाध्यक्ष मोहनसिंह ठकुरीले जानकारी दिए ।

    सन्धिखर्क नगरपालिका कृषि विकास शाखाका प्रमुख राजेन्द्र भट्टराई र फरवार्ड नेपालका ‘फिल्ड अफिसर’ नोमराज पौडेलले कफी खेतीसम्बन्धी प्रशिक्षण दिएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij