Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

विश्वमा सय वर्षभन्दा बढी उमेरको जनसंख्या ४ गुणाले बढ्यो 

विश्वमा सय वर्षभन्दा बढी उमेरको जनसंख्या ४ गुणाले बढ्यो 

  • 1.3K
    SHARES
  • विश्वमा सय वर्षभन्दा बढी उमेरको जनसंख्या ४ गुणाले बढ्यो 

    काठमाडौं । जुलाई ११ लाई विश्वभर जनसंख्या दिवसको रुपमा मनाइन्छ । विश्वभर अत्यधिक जनसंख्याले उत्पन्न कठिनाइहरूलाई उजागर गर्ने र बढी जनसंख्याले पर्यावरण र मानवताको प्रगतिलाई कसरी हानी पुर्‍याउँछ भन्ने बारे जागरूकता जगाउने लक्ष्यका साथ सन् १९८९ देखि यो दिवस मनाइन्छ ।

    images

    अहिले विश्वको जनसंख्या ७ अर्बभन्दा बढी छ । विश्वमा १०० वर्ष उमेरभन्दा धेरै व्यक्तिको संख्या ५ लाख ७३ हजार नाघेको छ । यो संख्या सन् १९९० मा १ लाख १५ हजार मात्र थियो । ३० वर्षमा सय वर्षभन्दा बढी बाँच्ने जनसंख्या ४ गुणाले बढेको छ ।

    संयुक्त राष्ट्र संघको अनुमानअनुसार आगामी ३० वर्ष  २०५० सम्म यो संख्या ३७ लाख पुग्न सक्छ ।

    त्यस्तै सन् १९९० मा ६५ वर्षभन्दा बढी उमेरका १० हजार व्यक्तिमा जम्मा २ दशमलव ९ प्रतिशतमात्रै धेरै वर्ष बाँच्थे । तर यो संख्या पनि पछिल्लो समयमा बढ्दै गएको छ ।

    सन् २०५० सम्ममा ६५ वर्षभन्दा माथि धेरै समयसम्म बाँच्नेको संख्या २३ दशमलव २ प्रतिशत पुग्ने अनुमान गरिएको छ । एक सय वर्षभन्दा बढी उमेरको जनसंख्या सबैभन्दा धेरै अमेरिकामा छ । यसपछि जापान, चीन, भारत र इटालीमा १०० वर्षभन्दा बढीका नागरिक छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology