Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पर्यटन क्षेत्रमा रहेका अतिरिक्त कर हटाउन सरकार लागि परेको छ : मन्त्री तामाङ

पर्यटन क्षेत्रमा रहेका अतिरिक्त कर हटाउन सरकार लागि परेको छ : मन्त्री तामाङ

  • 171
    SHARES
  • पर्यटन क्षेत्रमा रहेका अतिरिक्त कर हटाउन सरकार लागि परेको छ : मन्त्री तामाङ

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पर्यटन क्षेत्रतर्फ हवाई टिकटमा लगाइने भ्याट र अन्य अनावश्यक कर हटाउन सरकार लागि परेको बताएका छन ।

    आज नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स उजेन्ट्स (नाट्टा) को ५७औँ वार्षिक साधारणसभामा उनले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि यस क्षेत्रका विभिन्न कर हटाउने विषयमा कुरा भइरहेकाले छिट्टै निष्कर्षमा पुगिने बताएका हुन ।

    पर्यटनमन्त्री तामाङले नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक भित्र्याउन नयाँ गन्तव्यको खोजीका साथै पूर्वाधारमा सुधारसहित नयाँ योजना अघि बढाइएको जनाए । उनले आन्तरिक र बाह्य पर्यटकलाई गर्मी र फुर्सदको मौसममा जान सक्नेगरी ‘इको हिल स्टेसन’ बनाउने योजना रहेको बताए ।

    काठमाडौँ उपयत्यकासँग जोडिएको महाभारतको शृङ्खलामा सरकारले पूर्वाधार तयार पार्ने र सरकार तथा निजी क्षेत्रले लगानी गर्ने गरी यो योजना अघि बढाइएको उनले जानकारी दिए । ‘हाम्रो हवाई तथा सडक यातायात सहज छैन, त्यसैले पूर्वाधार सुधार गर्नेतिर सरकारले सोचिरहेको छ ।

    साथै, जनकपुर, पशुपति, लुम्बिनीजस्ता स्थललाई भारत, चीनजस्ता ठूलो जनसङ्ख्या भएका देशबाट पर्यटक भित्र्याउने र हाम्रो सेवालाई थप गुणस्तरीय बनाउने तथा पर्यटकको बसाइँ लम्ब्याउने हिसाबले पनि सोच्नुपर्छ’, पर्यटनमन्त्री तामाङले भने । उनले पर्यटन क्षेत्रको नीतिगत र संरचनागत सुधार गरी पूर्वाधार विस्तार, गन्तव्यको खोजी र प्रवर्द्धन गरिनुपर्नेमा जोड दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij