Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

पाकिस्तानमा चौंथो लहरको चेतावनी

पाकिस्तानमा चौंथो लहरको चेतावनी

  • 562
    SHARES
  • पाकिस्तानमा चौंथो लहरको चेतावनी

    इस्लामाबाद । पाकिस्तानमा पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणदर ४.०९ पुगेको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी)द्वारा सार्वजनिक तथ्यांकलाई उद्धृत गरी जियो न्यूजले जानकारी गराएको छ । 

    मे ३० पछि पाकिस्तानमा संक्रमण दर पहिलो पटक उच्च देखिएको छ । आइतबार सार्वजनिक परीक्षण रिपोर्ट अनुसार पाकिस्तानमा विगत २४ घण्टामा ४८ हजार ३ सय ६२ जनाको कोभिड-१९ परीक्षण भएकोमा एक हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा पाकिस्तानमा कोभिड-१९ संक्रमित २७ विरामीको मृत्यु भएको छ । संक्रमण सबैभन्दा धेरै सिन्ध प्रान्तमा रहेको छ भने दोस्रो बढी प्रभावित पाकिस्तानी राज्य ख्यैबर पाकथुङ्क्वा हो । 

    पाकिस्तानमा अहिलेम्मि कूल नौ लाख ७३ हजार २ सय ८४ संक्रमित रहेका छन् २२ हजार ५ सय ८२ संक्रमितको कोभिडका कारण मृत्यु भएको छ । पाकिस्तानमा आइतबारसम्ममा कूल ३७ हजार सक्रिय संक्रमित रहेका छन् ।

    अहिलेसम्म सिन्ध प्रान्तमा तीन लाख ४६ हजार ३ सय ६०, पञ्जाबमा तीन लाख ४८ हजार ८५ ख्यैबर पाकुङ्ख्वामा एक लाख ३९ हजार ३ सय १३, इस्लामाबादमा ८३ हजार ६ सय ४७, बालोचिस्तानमा २७ हजार ९सय ६१, गिलगिट-बाल्टिस्तानमा छ हजार ८ सय ५१ र विवादित पाकिस्तान प्रशासित काश्मिरी क्षेत्रमा २१ हजार ६७ व्यक्ति संक्रमित भएका छन् ।

    यसैबीच स्वास्थ्य अधिकारीहरूले पाकिस्तानी यी राज्यहरूमा कोरोना भाइरसको चौंथो लहर फैलिने खतरा रहेको भन्दै सावधानीका लागि सरकार तथा नागरिकहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह  गरेका छन् ।

    पाकिस्तानमा जुलाईको अन्त्य वा अगस्टको सुरूतिर कोरोना भाइरसको चौंथो लहर फैलिनसक्ने जोखिम रहेको जियो न्यूजले अधिकारीहरूलाई उद्धृत गरी आफ्नो समाचारमा लेखेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij