वेबटिभी खबर
काठमाडौं । बाँके जिल्लाको नरैनापुर गाउँपालिका–६ स्थित दोन्द्रा खोलाको बीच भागमा अड्किएका व्यक्तिको आज सकुशल उद्धार भएको छ ।
सोही गाउँपालिका–७ बस्ने ५० वर्षिय कुल बहादुर चौधरी बाँकेको जमुनिबाट नरैनापुरतर्फ जाने क्रममा खोलाको बिचमा अड्किएका थिए ।
खोलामा मानिस फसेको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट गंगापुर, नेपाल प्रहरी र स्थानीय वासिन्दाले डोरीको सहायताले उनलाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij