Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

  • 167
    SHARES
  • विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुमित रौनियारका हकमा विशेष अदालतले गरेको फैसलाविरुद्ध आज सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

    सरकारी अनुदान रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतको २०८० असोज २२ गतेको फैसला गरेको थियो ।

    आयोगले प्रतिवादी बनाएकालाई विशेष अदालतले गरेको फैसला कानुनसम्मत नभएको र त्रुटिपूर्ण रहेको जिकिर गर्दै आज सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो ।

    आयोगले काठमाडौंको टेकु पुल निर्माणमा अनियमितता भएको ठहर गर्दै रौनियारलगायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोगले दायर गरेको मुद्दाको २०८० असोज २२ गते फैसला गरेको थियो । 

  • सम्बन्धित विषय:

  • # सर्वोच्च

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij