वेबटिभी खबर
काठमाडौं । दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार स्थानीय दुर्गा विकको इनार सफा गर्न भनेर उनीहरू बुधबार बिहान १० बजेतिर इनारमा पसेका थिए । उनीहरु निसासिएको खबर पाउना साथ इलाका प्रहरी कार्यालय तलुसीपुरबाट खटिएको टोलीले उनीहरुलाई इनारबाट निकालेको थियो ।
उनीहरूको उद्धारपछि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो । अस्पताल पुग्नासाथ चिकित्सक उनीहरुलाई मृत घोषणा गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij