Logo

२०८३, आश्विन ३ गते शनिवार

२०८३, आश्विन ३ गते शनिवार

जनकपुर र अयोध्यालाई हवाईसेवाबाट जोड्ने प्रयासमा छौँ : मन्त्री पाण्डे 

जनकपुर र अयोध्यालाई हवाईसेवाबाट जोड्ने प्रयासमा छौँ : मन्त्री पाण्डे 

  • 113
    SHARES
  • जनकपुर र अयोध्यालाई हवाईसेवाबाट जोड्ने प्रयासमा छौँ : मन्त्री पाण्डे 

    काठमाडौं ।  संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाईसेवाको माध्यमबाट जोड्नुपर्ने बताएका छन् ।

    बुधबार त्रिभुवन विश्वविद्यालयको हिन्दी केन्द्रिय विभागले आयोजना गरेको ‘विश्वफलक पर राम’ (साहित्यक, सामाजिक एवं संस्कृतिको सन्दर्भमा) विषयको अन्तराष्ट्रिय संगोष्ठिमा बोल्दै मन्त्री पाण्डेले धार्मिक रुपले जोडिएको सम्बन्धलाई हवाई सेवाका माध्यमबाट समेत अघि बढाउनुपर्ने बताएका हुन् । यसका लागि मन्त्रालयल तयारी गरिरहेको मन्त्री पाण्डेको भनाइ थियो ।

    मन्त्री पाण्डेले अहिलेको अवस्थामा रामको मार्ग दर्शन झनै व्यापक बन्दै गएको बताउँदै विश्वभरि फैलिएका नेपाली र भारतीय नागरिकले राम तत्वको पुनः जागरणमा योगदान गर्नुपर्नेमा जोड दिए । दुई दिनसम्म चल्ने संगोष्ठिमा भगवान रामका विविध पक्षमा चर्चा गरिनेछ । संगोष्ठिमा सामेल हुन आएका विभिन्न देशका प्रतिनिधिलाई मन्त्री पाण्डे नेपालको विविधतापूर्ण संस्कृतिलाई विश्वभर फैलाउन सहयोगका लागि आग्रह पनि गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij