Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

कोभिड खोपकाे दुवै मात्रा लगाएका व्यक्तिलाई साउदी अरब जान अनुमति

कोभिड खोपकाे दुवै मात्रा लगाएका व्यक्तिलाई साउदी अरब जान अनुमति

  • 567
    SHARES
  • कोभिड खोपकाे दुवै मात्रा लगाएका व्यक्तिलाई  साउदी अरब जान अनुमति

    रियाद । साउदी अरबले कोभिड १९ का विरुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ । कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरबको सरकारले गरेको बताइएको छ ।

    यसअघि साउदी अरबले विभिन्न देशहरुबाट यात्रा प्रतिबन्ध लगाएको थियो । साउदी अरबमा पनि पछिल्लो समयमा कोभिडको नयाँ भेरिएन्ट भेटिएकोले धेरै मानिसहरु संक्रमित हुन पुगेका छन् । त्यसैले कैयौं देशबाट यात्रामा प्रतिबन्ध लगाएको साउदी अरबले अहिले भने कोभिडको दुवै खोप लगाएका व्यक्तिलाई साउदी अरब जान पाउने गरी खुला गरेको हो ।

    यहाँका आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सोमबार सो निर्णय गरेको हो । सो मन्त्रालयले कोभिडका विरुद्धको सतर्कताको एक अभियानका रुपमा यो नियम बनाएको हो । साउदी प्रेस एजेन्सीले सोमबार सो समाचार दिएको छ । उक्त एजेन्सीका अनुसार साउदी अरबले यही अगष्ट ९ बाट यो यात्रा प्रतिबन्ध फुकुवा गरिने बताएको छ ।

    यसअघि यहाँ कडा नयाँ भेरिएन्टका कारण धेरै ठूलो संख्यामा सङ्क्रमितहरु देखिएकामा पछिल्ला केही दिनमा त्यो सङ्क्रमणको संख्या घटेपछि यो निर्णय गरिएको हो । साउदी अरबले गत मे १७ देखि यो यात्रा प्रतिबन्ध लगाएको थियो । त्यस यता यहाँ कैयौं विदेशी उडानहरु पनि रोकिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij