Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

सल्लाघारी कन्सर्टमा आउन बालेनलाई गायक सुशान्त केसीको निम्तो

सल्लाघारी कन्सर्टमा आउन बालेनलाई गायक सुशान्त केसीको निम्तो

  • 108
    SHARES
  • सल्लाघारी कन्सर्टमा आउन बालेनलाई गायक सुशान्त केसीको निम्तो

    काठमाडौं । आगामी शनिबार अर्थात् फागुन २४ गते शनिबार भक्तपुरको सल्लाघारीमा गायक सुशान्त केसीको कन्सर्ट आयोजना गरिएको छ । साढे २ वर्षपछि पहिलो पटक काठमाडौं उपत्यकामा ‘सुशान्त केसी लाइभइन नेपाल’नामक कार्यक्रम राखिएको हो ।

    यो कन्सर्टको लागि सुशान्त यति बेला तयारीमा जुटेका छन् । १५ हजार भन्दा धेरै दर्शक सहभागि गराउने लक्ष्य रहेको कन्सर्टमा अन्य चर्चित व्यक्तिहरूलाई पनि उपस्थित गराउने तयारी गायक केसीको छ । यसैबीच, काठमाडौं महानगरका मेयर बालेनलाई पनिकन्सर्टमा उपस्थित हुन गायक केसीले निम्तो दिएका छन् ।

    आफूले बालेनलाई निम्तो दिएको र उनीकन्सर्टमा सहभागि हुने आशा राखेको सुशान्तले जानकारी गराएका छन् । गायक केसीले बालेनसँगको भेटबारे सामाजिक संजाल फेसबुकबाट जानकारी दिएका छन् ।

    उनले लेखेका छन्, ‘मेयर बालेन शाहसँग राम्रो कुराकानी भयो । र्यापदेखि जिम्मेवारीसम्म । वास्तवमै लिजेन्ड । काठमाडौं कसरी अझजीवन्त र सुन्दर शहरमा विकसित हुँदैछ भनेर प्रशंसा गर्न पाउँदा सम्मानित महसुस भयो । आशा छ कन्सर्टमा भेट्नेछु ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij