Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

१० केजी चरेससहित दुई जना कारोबारी पक्राउ

१० केजी चरेससहित दुई जना कारोबारी पक्राउ

  • 487
    SHARES
  • १० केजी चरेससहित दुई जना कारोबारी पक्राउ

    दाङ । १० केजी चरेससहित प्रहरीले दुई जना कारोबारीलाई पक्राउ गरेको छ ।

    निसीखोला गाउँपालिका १ बागलुङका २१ वर्षीय सुदिप सिंजाली मगर र बडिगाड-२का ३० वर्षीय रेमबहादुर भुजेललाई ९ केजी ३० ग्राम चरेससहित बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    मगरलाई गढवा गाउँपालिका १ धानखोलस्थित एक होटलबाट र भुजेललाई लमहीबाट पक्राउ गरिएको डीएसपी मुकुन्दप्रसाद रिजालले बताए । धानखोलामा चरेश बिक्री गरेपनि मगरले पैसा भने लमहीमा बुझ्ने गरेको प्रहरीले जनाएको छ ।

    लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा दायर गरि थुनामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनायो ।उनीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij