वेबटिभी खबर
काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत एसपी छायाँ देवी गुरुङलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ ।
नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह नर्सिङतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा प्रहरी उपरीक्षक रहेकी गुरुङलाई बढुवाका लागि सिफारिस गरिएको हो ।
बढुवा समितिका सदस्य सचिव निरजबहादुर शाहीकाअनुसार प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार सिफारिस गरिएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij