Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

कोशी सरकारले २०८२ मा थप ६ दिन सार्वजनिक विदा दिने

कोशी सरकारले २०८२ मा थप ६ दिन सार्वजनिक विदा दिने

  • 169
    SHARES
  • कोशी सरकारले २०८२ मा थप ६ दिन सार्वजनिक विदा दिने

    विराटनगर । २०८२ सालमा कोशी प्रदेश सरकारले थप ६ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले दिएको भन्दा बाहेक ६ दिन थप विदा दिने निर्णय गरेको हो ।

    जसअनुसार वैशाख २ गते सिरुवा पर्व, भदौ १ गते रथयात्रा (कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने) लागि झापा मोरङ, सुनसरी र उदयपुरमा सार्वजनिक विदा दिने निर्णय भएको हो ।

    भदौ १२ गते ऋषि पञ्चमी (महिलाका लागि), असोज २० गते कोजाग्रत पूर्णीमा र कात्तिक २५ गते फाल्गुनन्द जयन्तीमा प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवत्ता रेवतीरमण भण्डारीले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij