Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

पाल्पाबाट सशस्त्र प्रहरीले समात्यो भन्सार छलेका कपडा

पाल्पाबाट सशस्त्र प्रहरीले समात्यो भन्सार छलेका कपडा

  • 194
    SHARES
  • पाल्पाबाट सशस्त्र प्रहरीले समात्यो भन्सार छलेका कपडा

    काठमाडौं । किराना सामान ढुवानी गर्ने ट्रकमा लुकाएर लैजाँदै गरेको १८ पोका भन्सार छलेको लत्ताकपडा सशस्त्र प्रहरीले पाल्पाबाट नियन्त्रणमा लिएको छ ।

    रूपन्देहीको भैरहवाबाट म्यादीतर्फ जाँदै गरेको लु २ ख ५४५३ नम्बरको ट्रक पाल्पा जिल्लाको तानसेन नगरपालिका–१ राईडाँडा स्थित सिद्धार्थ राजमार्गबाट राति नियन्त्रणमा लिइएको हो । 

    ट्रकका चालक फरार भएका छन् भने सहचालक रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलबास बस्ने युवकलाई नियन्त्रणमा लिइएको छ ।

    सशस्त्र प्रहरी बल नेपाल मुख्यालयको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म पाल्पाबाट  खटिएको सुरक्षा फौजले बिलबिजक नभएको अवैध रूपमा भित्रिएका कपडा सहितको ट्रक नियन्त्रणमा लिएको हो ।

    ट्रकमा किराना तथा खाद्यान्नका सामान भित्र १८ पोका लत्ताकपडा लुकाई छिपाई राखिएको अवस्थामा फेला परेको छ । ट्रकमा रहेको  किराना तथा खाद्यान्न सामानको बिलबिजक भने भेटिएको छ ।

    रूपन्देहीको सिद्धार्थनगर–४ गल्लामण्डी भैरहवाको प्रतीक किराना स्टोरबाट सम्झना ट्रेडर्स म्याग्दी बेनीको नाममा बनाइएको बिलबिजक सहितको किराना सामानमा लुकाएर कपडा लैजान लगिएको थियो  ।

    नियन्त्रणमा लिएको ट्रक र सहचालक सहित आवश्यक कारबाहीको लागि  लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रूपन्देहीमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij