वेबटिभी खबर
मुगु । दिन प्रतिदिन पृथ्वीमा बढ्दै गएको तापक्रमका कारण जलवायु परिवर्तनले देखा परेका समस्याहरुलाई मध्यनजर राख्दै रारामा ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को आयोजना गरिएको छ ।
जलवायु परिवर्तनका कारण प्राणी जगतको अस्तित्व संकटमा पर्न सक्ने कुरालाई सचेत गराउन चलचित्रमार्फत काम गर्न सकिने भएकाले सन्देशमुलक कार्यक्रमको आयोजना गरिएको हो ।जलवायु परिवर्तनका कारण हिउँ पग्लने, बाढीपहिरो जाने, अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टिहरू हुने र पृथ्वीको तापक्रम वृद्धिका कारण खानेपानीका मुहानहरू सुक्ने भएकाले बसाइसराइलगायतका विविध समस्याहरुका बारेमा महोत्सवमा चर्चा गरिएको छ ।
चलचित्रका माध्यमबाट पर्यटकीय क्षेत्रको प्रचार प्रसार र जलवायु परिवर्तनको रोकथामको लागि सन्देश प्रवाह गर्ने उद्देश्यले महत्सव आयोजना गरिएकाले यसले ठूलो प्रभाव पार्ने सोेरु गाँउपालिकाका अध्यक्ष केशर बहादुर शाहीले बताए । कर्णाली प्रदेशका बिभिन्न स्थान चलचित्र छायांकनका लागि उत्कृष्ट गन्तब्य भएकाले त्यसको प्रचार प्रचार गर्न महोत्सव सान्दर्भिक भएको जिल्ला समन्वय समितिका प्रमुख मन्जन कार्कीको भनाइ छ ।
रारालाई चलचित्रका माध्यमबाट संसारभरि चिनाउन र जलवायु परिवतनबारे सन्देश दिने हिसाबले महोत्सव आयोजना गरिएको चलचित्र बिकास बोर्डका सल्लाहकार ।महेन्द्र कुमार मल्लले जानकारी दिए । रारा क्षेत्रमा रहेका बन, बनस्पति, जैविकता, वातावरणलाई जोगाइराख्न र चलचित्रका माध्यमबाट प्रचार प्रचार जलवायु परिवर्तनबारे जानकारी गराउने हिसावले रारामा चलचित्र पर्यटन जलवायु समिट संचालन गरिएको नेपाल पर्यटन बोर्डका बरिष्ठ अधिकृत गोपाल भण्डारीले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij