Logo

२०७८, आश्विन १ गते शुक्रवार

२०७८, आश्विन १ गते शुक्रवार

निषेधाज्ञा खुलेपछि पाेखराका डुङ्गा व्यवसायी उत्साहित

निषेधाज्ञा खुलेपछि पाेखराका डुङ्गा व्यवसायी उत्साहित

  • 202
    SHARES
  • निषेधाज्ञा खुलेपछि पाेखराका डुङ्गा व्यवसायी उत्साहित

    पाेखरा ।  दश दिनयता आन्तरिक पर्यटक फाटफुट देखिन थालेपछि बेगनास तालका डुङ्गा व्यवसायीको मुहारमा खुसी देखिन थालेको छ । कोरोना सङ्क्रमणका कारण तीन महीनादेखि ठप्प डुङ्गा व्यवसाय चलायमान हुँदा व्यवसायीको मुहारमा  खुसी देखिन थालेको हो । 
     
    विशेषगरी शनिबार र बिदाका दिनमा बेगनास ताल वरपर आन्तरिक पर्यटकको चहलपहल सुरु हुने गरेको डुङ्गा व्यवसायी चन्द्रा सापकोटा बताउँछन् । 'शनिबार ताल वरपर आन्तरिक पर्यटकको चहलपहल बाक्लै देखियो, २० डुङ्गा सञ्चालनमा आए', डुङ्गा व्यवसायी सापकोटाले भने, 'पोखरा तथा वरपर गाउँका मानिस बिदाका दिन परिवारसहित बेगनास तालमा घुम्न आउने क्रम सुरु भएको छ ।'

    आन्तरिक पर्यटक नौका बिहार र माछाका परिकार खान बेगनास पुग्ने गर्छन् माछाका परिकारको लागि बेगनास ताल वर्षौदेखि प्रसिद्ध मानिँदै आएको छ ।

    बेगनास ताल डुङ्गा व्यवसायी समितिका सचिव शोभाखर कँडेलले भने, 'कोरोना सङ्क्रमणकै कारण अघिल्लो वर्ष सात महीना ठप्प बनेको डुङ्गा व्यवसाय यसवर्ष तीन महीनामै चलायमान हुँदा खुसी लागेको छ, अब नेपाल सरकारले डुङ्गा व्यवसायी र सर्वसाधारणलाई कोरोना विरुद्धको खोप लगाइदिएमा ढुक्क भएर डुङ्गा सञ्चालन गर्ने थियौंँ ।' 

    यहाँ कार्यरत डेढसय डुङ्गा व्यवसायीमध्ये एक जनालाई पनि यसवर्ष कोरोना सङ्क्रमण नदेखिनु खुसीको कुरा भएको उनले जानकारी दिए । दुई वर्षअघि स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने बेगनास तालमा लकडाउन खुकुलो भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।  

    साउनको सुरुदेखि नै दैनिक पर्यटक बढ्दै आएका छन् । पोखराकै दोस्रो ठूला ताल बेगनासमा डेढ सयको सङ्ख्यामा डुङ्गा व्यवसायी र २४९ डुङ्गा सञ्चालनमा छन् ।

    सचिव कँडेलले भने, 'यो ताल ३७३ हेक्टर क्षेत्रफलमा फैलिएको छ, ताल वरपर बाक्लो बस्ती नभएकै कारण तालको पानी सफा भएकाले पोखराको फेवा तालभन्दा बेगनासमा नै नौका बिहार गर्न अन्तरिक एवं बाह्य पर्यटकले मन पराउने गरेका छन् ।' 
     
    दश दिनअघि ताल वरपर आन्तरिक पर्यटक फाटफुट देखिन थालेपछि डुङ्गा व्यवसायी समितिले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर डुङ्गा सञ्चालन गर्ने निर्णयसँगै पालो अनुसार व्यवसायीलाई सञ्चालन गर्र्ने निर्णय गरेको कँडेलले जानकारी दिए । 

    उनले भने, 'अहिले सबै डुङ्गा व्यवसायी तालको छेउमा आउनुपर्दैन, पालो परेका दिन तपाईँको पालो आज परेको छ, डुङ्गा सञ्चालन गर्न आउनुहोस् भनेर समितिका कर्मचारीले नै बोलाउनुहुन्छ ।'
     
    बेगनास तालमा नौका बिहार गर्न आउने आन्तरिक पर्यटकमध्ये कसैले मास्क प्रयोग नगरेको भए प्रयोग गर्ने र हातमा सेनिटाइजर दल्न लगाउने तथा सकेसम्म डुङ्गामा एउटै परिवारका सदस्यलाई मात्र राख्ने गरिएको डुङ्गा व्यवसायी राम कोइराला बताउँछन् । 
     
    बेगनास तालमा एक घण्टा नौका बिहार गरेबापत व्यवसायीले रु ६०० र पाइडलबोटको रु एक हजार लिने गरिएको छ । डुङ्गाबाट ताल वरपरका जङ्गल, बेगनास तथा माझठाना गाउँ, अन्नपूर्ण हिमशृृंखला, कालिकाको ठूलाकोट तथा बेगनासको सुन्दरी डाँडाको मनोहर दृष्र्यावलोकन गर्न सकिन्छ ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology